सर्वोच्चद्वारा डा पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउनुको कारण माग



काठमाडौं । सर्वोच्च अदालतले वीर अस्पतालको निर्देशकबाट डा सन्तोष पौडेललाई हटाउनुको कारण माग गरेको छ ।

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले यस्तो माग गरेको हो । साथै  सर्वोच्चले अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ । वीर अस्पतालका निर्देशकबाट हटाइएका डा सन्तोष पौडेलले पुनर्बहालीको माग राख्दै  सर्वोच्चमा रिट दायर गरेका थिए ।


स्वास्थ्यमन्त्री बस्नेतले गत मंसिर १४ गतेको मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई वीर अस्पतालको निर्देशक पदबाट हटाएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए ।

त्यसलगत्तै डा पौडेलले पुनर्बहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।