काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू समूहको बैठक बोलाएका छन् । यही मंसिर २६ गते बस्ने गरी बैठक बोलाइएको हो ।
महासमिति बैठक, समूहको आन्तरिक रणनीति, राष्ट्रियसभाको आसन्न निर्वाचनलगायत समसामयिक विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
बैठकमा गत महाधिवेशनमा आफ्नो समुहबाट उम्मेदवार बनेका सबैलाई बोलाइएको बुझिएको छ ।