विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले लिए शपथ



काठमाडौं । विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले शपथ लिएका छन् ।

सोमबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष उनीहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् ।


५ मंसिरमा बसेको न्यायपरिषदको बैठकले विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर, सदस्यमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापालाई नियुक्ति सिफारिस गरेको थियो ।