काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुले सपथ ग्रहण गरेका छन् ।
बुधबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित समारोहमा केन्द्रीय सदस्यहरुले सपथ लिएका हुन् । उनीहरुलाई सभापति रवि लामिछानेले सपथ गराएका हुन् ।
गत मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीको जलेश्वरमा आयोजित केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय सदस्य थपेको थियो ।