काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने भएको छ ।
बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । त्यस्तै बैठकले विधान मस्यौदा समिति पनि गठन गरेको छ ।
समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की छन् ।
विधान सम्मेलनअघि केन्द्रीय कमिटी बैठक बस्नेछ र विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान सम्मेलनमा प्रस्तुत गरिनेछ ।