भ्रातृ संस्थाको ६ महिना म्याद थप्ने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्थाको फेरि ६ महिना समय अवधि थप गर्ने निर्णय गरेको छ ।

पुस १२ देखि १४ सम्म बसेको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाको तदर्थ समितिको समयावधि ६ महिना थप गर्ने निर्णय गरेको हो ।


प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लगायतको म्याद पुन थपिएको हो ।