भारतीय वायुसेनाको बिमान दुर्घटना, दुई पाइलटको मृत्यु



तेलंगाना। भारतीय वायुसेनाको एक ट्रेनर विमान तेलगंनामा दुर्घटना हुदाँ दुई पाइलटको मृत्यु भएको छ ।

भारतीय वायुसेनाका अधिकारीहरूका अनुसार आज बिहान ८:५५ बजे पिलाटस प्रशिक्षण विमान तेलंगानाको डिन्डिगुलस्थित वायुसेना एकेडेमीमा दुर्घटनामा परेको थियो। 
उक्त विमान दुर्घटनामा वायुसेनाका दुई पाइलटको मृत्यु भएको छ ।


विमान दुर्घटनामा ज्यान गुमाउने दुई पाइलटमध्ये एक प्रशिक्षक र अर्का एक वायुसेना क्याडेट रहेको अधिकारीहरूले बताएका छन् । पिलाटस पीसी ७ एमके २ विमान बिहान वायुसेना एकेडेमीबाट नियमित प्रशिक्षणका लागि प्रस्थान गरेको थियो तर बाटोमा दुर्घटना भएको थियो ।

विमानमा सवार दुवै पाइलटको घटनास्थलमै मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । उनीहरु बाहेक अरु कसैको ज्यान गएको छैन न त कुनै किसिमको भौतिक क्षति भएको छ ।