पोखराको सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ



पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति उपाध्यक्ष कैलाशकुमार दर्लामी बिहीबार काठमाडौंबाट पक्राउ परेका छन् । सहकारी ठगीको फरार सूचीमा रहेका उनी लुकिछिपी बसेको अवस्थामा काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।

कास्की प्रहरी प्रमुख मोहनकुमार थापाले उनलाई काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याउँदै गरेको जानकारी दिए । सहकारी ठगीको आरोपमा १९ जना विरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।


त्यसमध्ये सञ्चालक समिति कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परिसकेका छन् । उनी कास्की कारागारमा पूर्पक्षका लागि थुनामा छन् । पूर्वअध्यक्ष गितेन्द्रबार्बु(जीबी)राई सहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना अझै फरार छन् । सहकारीमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९९ हिनामिना भएको छ ।