तेस्रो सर्किटपछि आजलाई नेप्से कारोबार बन्द



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार बन्द भएको छ । लगातार तेस्रो पटक सर्किट लागेसँगै आजलाई कारोबार बन्द गरिएको हो ।

कारोबार खुला भएको ५ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि २० मिनेटका लागि कारोबार बन्द भएको थियो । त्यसपछि कारोबार खुलेको २ मिनेटमा नै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार खुलेको थियो ।


फेरि त्यसको केही समयमा ६ प्रतिशतले नेप्से बढेसँगै आजका लागि नेप्से कारोबार बनद भएको हो । नेप्सेमा १११ अंकको वृद्धिसँगै १९ सय ६३ अंकमा पुगेर रोकिएको छ । नेपाल राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याएपछि परिसूचक उच्च अंकले बन्द भएको हो ।

यस क्रममा आज ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने १३ लाख ६७ हजार कित्ता सेयर किनबेच भएको छ । ५ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि आउँदा ३० कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज २२७ कम्पनीको सेयर मूल्य बढ्दा २ कम्पनीको भने घटेको छ । यस्तै, १ कम्पनीको सेयर मूल्य स्थिर कायम छ ।