टिकटकमा प्रतिबन्धविरुद्ध रिटको पेसी न्यायाधीश ढुंगाना र श्रेष्ठको इजलासमा



काठमाडौँ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेसी न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता अनन्तराज लुँइटेल, फर्सुराम पाण्डेलगायतले सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।


रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गरिएको छ । सरकारको निर्णय गैरकानुनी एवं गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको समेत रिटमा उल्लेख गरिएको छ ।