काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । मङ्सिर २५ गते सोमबारका दिन बस्ने गरी बैठक बोलाइएको छ ।
आसन्न राष्ट्रिय सभाको निर्वाचन, पार्टीले सञ्चालन गरेको तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ ।