काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय समिति बैठक र राजनीतिक समितिको बैठकका लागि कार्यसूची तय गरेको छ । यहि पुस २५ र २६ गतेको राजनीतिक समितिको बैठक र पुस २७ गते बस्दैछ ।
त्यसका लागि चारवटा विषयसूची निर्धारण गरिएको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । जसअनुसार सदस्यहरुले आ आफ्नो सक्रियतामा भएका पार्टी कार्यहरुको प्रगति विवरण प्रतिवेदन प्रस्तुत गर्ने पहिलो कार्यसूची रहेको छ ।
त्यसैगरी राजनीतिक एवम् सांगठनिक प्रतिवेदन प्रस्तुत हुने छ । सांगठनिक प्रस्तावमा पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन प्रस्ताव रहेको छ । साथै पार्टीको महाधिवेशन र विविध विषयमा छलफल हुने भएको छ ।