चिसो बढेसँगै उपत्यकाको जनजीवन प्रभावित



काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । आजबाट काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो ।

आज बिहानैदेखि हुस्सु र कुहिरोले ढाकेको कारण चिसो बढीरहेको छ । चिसो बढेसँगै सर्वसाधारणको दैनिक कामकाजमा असहजता थपिएको छ ।


काठमाडौंसँगै देशका विभिन्न भागमा पछिल्लो दिनमा चिसो निरन्तर बढ्ने क्रम जारी छ । हिमाली जिल्लाहरूमा हिमपातसँगै वर्षा हुँदा जनजीवन थप कष्टकर भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर र आसपासका क्षेत्रमा गएरातिदेखि आज बिहानसम्म पानी परेको छ । दैलेखमा पनि पानी परेको स्थानीयले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हिमपात र वर्षा हल्का खालको रहेको जनाएको छ ।

मौसमविदका अनुसार गण्डकी र बागमती प्रदेशमा सामान्य बदलीको अवस्था छ । कोशी प्रदेशको पहाडी भागमा आंशिक बदली छ भने मधेश प्रदेश र कोशी प्रदेशको दक्षिणी भूभागमा मौसम सफा छ ।