काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त अर्घाखाँची साबिक सिमलपानी गाविस–५ घर भएका ३७ वर्षीय अंकित भन्ने जगत बिकलाई प्रहरीले पक्राउ परेको छ । घटना घटेको ७ वर्षपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बिकमाथि २०७४ पुस ३० गते दिउँसो मकवानपुर हाँडिखोला घर भएकी ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिनाको काठमाडौं महानगरपालिका–१४ भुवनेश्वरी मन्दिर परिसरभित्र हत्या गरी फरार भएको अभियोग छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
सोही घटनामा संलग्न रहेका धादिङ साविक मुलपानी गाविस(७ घर भएका ४६ वर्षीय शिवराम अधिकारी नकबजनी चोरी मुद्धामा नाम परिबर्तन गरी अर्जुन अधिकारीको नाममा जेल सजाय भोगिरहेको खुल्न आएको प्रहरीले जनाएको छ ।
जगतलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त कालीमाटी पठाइएको प्रहरीले जनाएको छ ।