ईपीसमार्फत कोरिया जानका लागि १ लाख ४३ हजारभन्दा बढीको आवेदन



काठमाडौं । ईपीएसमार्फत कोरिया जान एक लाख ४३ हजारभन्दा बढिले आवेदन दिएका छन् ।

कोरियाले उत्पादनमूलकतर्फ आवेदन माग गरेकोमा १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका हुन् ।


शुक्रबार राति १२ बजेसम्म उक्त संख्यामा अनलाइनमार्फत आवेदन दिएको नेपालस्थित कोरिया शाखाले जनाएको छ ।

कोरियाले उत्पादनमूलकका लागि १५ हजार ४४८ जना श्रमिकका लागि आवेदन माग गरेको छ ।

पुस २ गतेदेखि ६ गतेसम्म आवेदन फाराम भर्ने समय दिइएको थियो ।