आहा ! रारा पोखरा गोल्डकप माघ ९ देखि हुने



कास्की । आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको मिति तय भएको छ ।

आयोजक सहारा क्लब पोखराले आज प्रेस विज्ञप्ती जारी गर्दै आहा राराको २३औं संस्करण  माघ ९ गते देखि २० गतेसम्म सञ्चालन गर्न अखिल नेपाल फुटबल सङ्घ(एन्फा) बाट अनुमति प्राप्त भएको जनाएको हो ।


पोखरा रङ्गशालामा हुने आहा रारामा विदेशी टिमहरू, ए डिभिजनका क्लबहरू, मोफसलका टिमहरू र आयोजक सहारा क्लब पोखराको टिम सहभागिता रहने बताइएको छ ।

अघिल्लो पटकको प्रतियोगितामा अमेरिकाको भुटनिज युथ स्पोर्ट्सलाई‌ हराउँदै ए डिभिजन टोली सङ्कटा क्लबले आहा ! राराको उपाधि जितेको थियो ।