काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिलेको सरकारको विरोध गर्नुभनेको व्यवस्थाको विरोध गर्नुभएको बताएका छन् ।
उपत्यकाव्यापी संयुक्त बृहत ख्रीष्टमस महोत्सवलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री किरातीले अहिले सरकारमाथि भइरहेको आक्रमण गणतन्त्रसहित परिवर्तनमाथिको आक्रमण भएको बताएका हुन् । उनले परिवर्तनगामी शक्तिहरुको एकताले नै मुलुकको परिवर्तन थप बलियो हुने धारणा राखे ।
उनले मिलेर संविधान बनाएकाले गरिवीको अन्त्यका लागि पनि मिलेर नै अघि बढ्नुपर्ने जिकिर गरे । अरुलाई विरोध गरेर आफु सावित हुने काम नयाँ भनिएकाहरुले गरेकाले एजेण्डामार्फत मुद्धा स्थापीत गर्न सक्नुपर्ने उनले बताए ।
मन्त्री किरातीले एउटा जाती एउटै भेष भन्दै राजतन्त्रका बेला अरु धर्महरुलाई पेल्ने काम भएको र अहिले मुलुकमा गणतन्त्र आएपछि सवै धर्म जात बराबर भएको धारणा राखे ।