अविरलसँग वैवाहिक बन्धनमा बाँधिइन् राष्ट्रिय फुटवल टिमकी गोलकिपर अञ्जना



काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक अञ्जना राना मगर वैबाहिक बन्धनमा बाँधिएकी छन् ।

अञ्जनाले सोमबार भक्तपुर निवासी आफ्ना प्रेमी अविराल लामासँग लगनगाँठो कसेकी हुन् । उनीहरु केही वर्षदेखि प्रेम सम्बन्धनमा रहेका थिए। अञ्जना नेपाली महिला राष्ट्रिय टिमकी दोस्रो रोजाईकी गोलकिपर हुन् ।


उमेर समूहको टोलीको कप्तानी गरिसकेकी अन्जना १४ वर्षको उमेरदेखि सिनियर टोलीको नियमित सदस्य रहँदै आएकी छिन् ।

उनी उमेर समूहको सफल कप्तान हुन्। २१ वर्षे अन्जना त्रिभुवन आर्मी फुटबल क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएकी छन् ।