अभियन्ता ईः ललितपुर महानगर कार्यालय अगाडि १०८ मिनेट उभिने



काठमाडौँ । अभियन्ता ईः भनेर चिनिने इशान अधिकारी आज ललितपुर महानगरपालिकाको कार्यालय अगाडि १०८ मिनेट उभिने भएका छन् ।

महानगरपालिकाको फुटपाथ पसल हटाउने निर्णयविरुद्ध उनी आज दिउँसो ३ बजेदेखि १ घण्टा ४८ मिनेट उभिने भएका हुन् ।


महानगरपालिकाले पैदल यात्रु, सवारी आवागमन तथा ऐतिहासिक महत्त्वका स्थानहरूमा अवरोध भएको भन्दै यही मंसिर २४ गतेदेखि लगनखेल–मंगलबजार रुटमा फुटपाथ पसल राख्न निषेध गरेको थियो ।

यसअघि काठमाडौँ महानगरपालिकाले फुटपाथबाट व्यापारीहरूलाई हटाएको विरोधमा अभियन्ता ईःले राष्ट्रिय सभागृह अगाडि १९९ घण्टासम्म उभिएर विरोध जनाएका थिए ।