अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका थप २ नाईके पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा सामाजिक सञ्जालको प्रयोगमार्फत यौन व्यवसायको धन्दा चलाउँदै आएका थप २ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार काठमाडौंको लाजिम्पाटबाट वर्ष २७ का सुरेशकुमार श्रेष्ठ र कलंकी बस्ने २७ वर्षकै सुरज खड्कालाई पक्राउ गरेको हो । श्रेष्ठ काभ्रेको भूम्लु घरभई काठमाडौंमा बस्दै आएका थिए भने खड्काकै वासिन्दा हुन् ।


यसअघि आइतबार प्रहरीले काठमाडौंको दरबारमार्ग, तिङ्लेनटार, नयाँ कसपार्क, नयाँ बानेश्वरलगायतका क्षेत्रहरुमा अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा रामेछापका छत्रबहादुर रोका, ओखलढुंगाका गोपाल थापा, सिन्धुलीका सेते सार्की, सल्यानका शिवराज परियार र नुवाकोटका अमृत रोकालाई पक्राउ गरेको थियो ।

पछिल्लो समय नेपालमा सामाजिक सञ्जालको दुरुपयोग गर्दै यौंनजन्य गतिविधि हुँदै आएको विभिन्न अध्ययनबाट देखिएको छ ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।