अध्यक्ष नेपाल द्वारा महाधिवेसनको मिति सार्ने प्रस्ताव



काठमाडौं । नेकपा एकीकृत समाजवादीको यसअघि तोकिएको महाधिवेसन सर्ने भएको छ । 

पार्टी कार्यालय आलोकनगरमा जारी बैठकमा तयारी नपुगेको तथा राष्ट्रियसभा निर्वाचनको कारण देखाउँदै यसअघि तय भएको महाधिवेसन सर्ने भएको हो।जसका लागि बैठक बिहान ११ बजे बोलाइएको प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका थिए ।


नेकपा एसको गत भदौ ५, ६ र ७ गते ललितपुरमा बसेको केन्द्रीय कमिटीको बैठकले माघ १४–१८ गते महाधिवेशन गर्ने निर्णय लिएको थियो । तर, जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेसनको मिति सार्ने प्रस्ताव पेश गर्ने बुझिएको छ ।