सूर्य नेपालद्वारा भूकम्प पिडितका लागि एक करोड ४० लाख सहयोग



काठमाडौँ । सूर्य नेपाल प्रालिले आफ्नो व्यवसायिक सामाजिक दायित्व अन्तर्गत भूकम्पका कारण जाजरकोट, रुकुम लगायतका जिल्लाहरुमा जनधनको व्यापक क्षति भएकोमा तत्काल उद्दार, राहात तथा पिडितहरुको पुनस्थापनामा मद्दत पुर्याउन १ करोड ४० लाख सहयोग गरेको छ ।

सुर्य नेपालले एक करोड प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा जम्मा हुने गरी कम्पनीका प्रबन्ध निर्देशक रवी रायवरम, भाइस प्रेसिडेन्ट रवी केसि, विकास भुत्रा, दिप्रा लाहिरी र वित्त प्रवन्धक प्रेम अर्यालको टोलिले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेको छ ।


साथै कम्पनीले थप ३५ लाख बराबरको खाद्यान्न, टारपाउलिन र ब्ल्याङ्गकेटहरु जाजरकोट पठाइसकेको छ भने ५ लाख बराबरको औषधी वीर अस्पतालको प्रभावित क्षेत्रतर्फ जाने टोलीलाई हस्तान्तरण गरिसकेको सूर्य नेपालले जानकारी गराएको छ ।