संविधान विरोधी गतिविधि नगर्न आदिवासी जनजाति महासंघको आग्रह



काठमाडौँ । आदिवासी जनजाति महासंघ तथा विभिन्न जनजाति संघ सङ्गठनले संविधान विपरीतका गतिविधि नगर्न सम्बद्ध पक्षसँग आग्रह गरेका छन् ।

महासंघले आज संयुक्त पत्रकार सम्मेलन गरी लामो संघर्षबाट प्राप्त लोकतन्त्रका उपलब्धिप्रति वितृष्णा उत्पन्न गर्ने किसिमका अभिव्यक्ति नदिन आग्रह गरेको छ ।


आदिवासी जनजातिको पहिचानको मुद्दालगायत उत्पीडित जाति, वर्ग, क्षेत्रका समस्या समाधानका निम्ति प्रयास नभएको महासंघले गुनासो गरेको छ ।