संघीय संसद् अधिवेशन अन्त्य गर्ने तयारी



काठमाडौं । संघीय संसद्को जारी अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ । 

बुधबार बसेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्यव्यवस्था समितिको बसेको बैठकमा बिहीबारदेखि संघीय संसद्को जारी अधिवेशन अन्त्य गर्ने तयारी गरिएको अनौपचारिक रुपमा जानकारी गराइएको छ । 


संघीय संसदको अधिवेशन अन्त्य गर्ने सम्बन्धमा औचारिक रुपमा निर्णय भने भइसकेको छैन । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन अन्त्य र सुरु गर्ने संवैधानिक व्यवस्था छ ।