रुकुम पश्चिमको सानीभेरी अस्पताल पुगे प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम पश्चिमको सानीभेरी अस्पताल पुगेका छन् ।

गए राति गएको शक्तिशाली भूकम्पबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न आज बिहानै काठमाडौबाट सेनाको हेलिकोप्टरमार्फत भुकम्पको केन्द्रविन्दु जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट भुकम्प प्रभावित क्षेत्र रुकुम पश्चिम पुगेका हुन्।


रुकुम पश्चिमको सानीभेरी अस्पताल पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेहरूको स्थितिबारे जानकारी लिएका छन् । साथै भूकम्प पीडितहरूको उद्धार तथा राहतको अवस्थाबारे पनि जानकारी लिएका छन् ।

उनले यसअघि जाजरकोटबाट गम्भिर रहेका ७ जना घाइतेलाई आफू सवार हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत पुर्‍याएका थिए । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको ६।४ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म १३८ जनाको मृत्यु भएको छ ।