मदागास्करको राष्ट्रपतिमा राजोएलिना पुनः निर्वाचित



मदागास्करका राष्ट्रपति एन्ड्री राजोएलिनाले अर्को कार्यकालका लागि राष्ट्रपतिमा पुनः निर्वाचत भएका छन् । अधिकांश विपक्षी उम्मेदवारले बहिष्कार गरेको मतदानमा उनको विजयले कानुनी चुनौतीको सामना गर्नु परिरहेको निर्वाचन आयोगले परिणाम सार्वजनिक गरेको हो ।

नोभेम्बर १६ मा भएको राष्ट्रपतीय चुनावको पहिलो चरणको निर्वाचनमा राजोएलिनाले ५८ दशमलव ९५ प्रतिशत मत प्राप्त गरेका थिए । यी परिणामहरू अझै पनि हिन्द महासागर टापुमा रहेको अफ्रिकी देशको सर्वोच्च अदालत उच्च संवैधानिक अदालतद्वारा अनुमोदन गरिनु पर्दछ ।


जुन डिसेम्बर ४ भन्दा पहिले अन्तिम परिणाम घोषणा गर्ने गरी निर्णय आउनुपर्छ । सन् २००९ मा पूर्व राष्ट्रपति मार्क राभालोमानानालाई सत्ताच्युत गरेपछि राजोएलिना पहिलो पटक सत्तामा आएका थिए ।