भूकम्पमा ज्यान गुमाएकाको स्मृतिमा म्याग्दीमा शोकसभा



म्याग्दी । समाजवादी मोर्चाले भूकम्पमा ज्यान गुमाएकाहरूको स्मृतिमा शनिबार बेनीमा शोकसभा गरेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा र जनता समाजवादी पार्टी आबद्ध मोर्चाले आयोजना गरेको सभामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र सरकारी अधिकारीले राष्ट्रिय विपद्को व्यवस्थापन गर्न सबै एकताबद्ध हुनुुपर्नेमा जोड दिएका थिए ।

राष्ट्रिय पर्वका अवसरमा मोर्चाले आयोजना गरेको पूर्वनिर्धारित शुुभकामना आदान–प्रदान कार्यक्रम जाजरकोट भूकम्पका कारण शोकसभामा रुपान्तरण भएको थयो । 


सभामा मोर्चाका जिल्ला संयोजकसमेत रहेका गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जालीले प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं भूूकम्प प्रभावित क्षेत्रमा पुुगेर राज्यको सबै शक्ति उद्धार र राहतमा परिचालन भएको बताउनुले स्थानीय जनता भरोसा जागेको बताए ।

“सबै तहका सरकार, सङ्घसंस्था, निकाय उद्धारमा केन्द्रित भएको छ । राष्ट्रिय विपद्को सामना गर्न सबैले सहकार्य र समन्वय गर्दै हातेमालो गर्नुुपर्छ”, मन्त्री जुग्जालीले भने, “गण्डकी प्रदेश सरकारले औषधि र चिकित्सकको टोली भूूकम्प प्रभावित क्षेत्रमा पठाएको छ ।”

प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका सभापति खमबहादुुर गर्बुजा (खम्बिर)ले राष्ट्रिय विपद्को घडीमा सबैले सहकार्य गरेर उद्धार, राहत र क्षति न्यूनीकरणको काम गर्नुुपर्ने बताए ।