भूकम्पबाट भएको क्षतिप्रति पूर्वराजाबाट दुःख व्यक्त



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रबार मध्यराति आएको शक्तिशाली भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

पूर्वराजा शाहले भूकम्पमा परी जीवन गुमाएका सबैप्रति श्रद्धाभाव प्रकट गर्दै तिनका परिवाजनप्रति गहिरो सहानुभूति र समवेदना प्रकट गरेका हुन् । उनले घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।


अहिलेको राजनीति र राज्य व्यवस्था लोकहितकारी तथा विकास, राहत, उद्धार, उत्थान जस्ता राष्ट्रिय भावमा केन्द्रित हुनुपर्ने उनले स्पष्ट पारेका छन् ।