भूकम्पपीडितको लागि उठ्यो १५ करोड बढी रकम



काठमाडौं । कात्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट केन्द्र भएर गएको भूकम्प पछिको राहत तथा उद्धारका लागि सरकारले खडा गरेको कोषमा हालसम्म १५ करोड बढी रकम संकलन भएको छ ।

संघीय सरकारले प्रधानमन्त्री दैवी कोष स्थापना गरी सहयोग संकलन सुरु गरेको थियो । उक्त कोषमा हालसम्म ५८ व्यक्ति तथा संस्थाले नगद सहयोग गरेका छन्।


प्रधानमन्त्री तथा मन्त्रसपरिषद्‌को कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले हालसम्म १५ करोड २८ लाख २९ हजार ३०५.५ रुपैयाँ संकलन भएको जानकारी दिएका छन् ।