भूकम्प प्रभावित क्षेत्रमा ८ सय ५९ प्रहरी परिचालित



काठमाडौँ । जाजरकोट भूकम्पपीडितको उद्धारका लागि ८ सय ५९ जना प्रहरी परिचालन गरिएको छ ।

नेपाल प्रहरीका अनुसार जाजरकोटबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ४५० जना खटिएका छन् भने रूकुम पश्चिमबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा ३ सय २० जना खटिएका छन् ।


कर्णाली प्रदेश प्रहरी कार्यालय र गण सुर्खेतबाट ३९ जना, चौरजहारी बेस क्याम्पबाट २० जना, नेपाल प्रहरी अस्पतालका चिकित्सक प्रहरी नायब महानिरीक्षकको कमाण्डमा मेडिकल टोलीका ११ जना, सल्लान प्रहरी सहयाक निरिक्षकको कमाण्डमा १० जना र इलका प्रहरी कार्यालय बादेपीपल सुर्खेतबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ९ जना गरी ८ सय ५९ जना प्रहरी परिचालन गरिएको हो ।