लन्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकले आफ्नो सरकारका गृहमन्त्री सुएला ब्रेभरम्यानलाई बर्खास्त गरेका छन् ।
उनले प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरुप्रति प्रहरी निकै नरम भएको आरोप लगाउदै गृहमन्त्रीलाई सोमबार बर्खास्त गरेका हुन् । यो विषयलाई लिएर सुनक आफ्नो कन्जरभेटिभ पार्टीका केही वर्गको दबाबमा परेको बताइएको छ । प्रधानमन्त्री सुनकले यस विश्वमा विपक्षीहरूको आक्रमणको पनि सामना गर्नुपरेको थियो ।
प्रधानमन्त्री सुनकले मन्त्रिपरिषद्को पुनर्गठन गर्ने समेत तयारी गरेका छन् । बेलायती मिडियाहरुले पुर्व प्रधानमन्त्री डेभिड क्यामरुन पनि मन्त्री बन्ने बताएका छन् । बिबिसीले क्यामरुन विदेशमन्त्री बन्न सक्ने बताएको छ ।
२०१० मा प्रधानमन्त्री बनेका क्यामरुन त्यति बेला बेलायको सबैभन्दा युवा प्रधानमन्त्रि बनेका छन् ।