काठमाडौं । देशभरका सबै सरकारी कार्यालय बिहीबार देखि अपरान्ह ४ बजेसम्म मात्र खुल्ने भएको छ । जाडो याम सुरु भएसँगै दिन छोटो हुने भएकाले सरकारी कार्यालय समय एक घण्टा छोट्याएको गृह मन्त्रालयले जनाइएको छ ।
सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्नेछन् ।
यो अवधिमा शुक्रबारको दिन भने ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका अनुसार सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि आज (मंगलबार) कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म संचालन हुनेछन्।