काठमाडौं । काठमाडौंको बल्खुमा फेरि झडप भएको छ । दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको हो ।
बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए ।
त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीलाई लखेट्न प्रहरीले अश्रुग्यास पनि हानेको छ ।
यसअघि पनि बल्खुमा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंका कार्यकर्ताबीच झडप भएको थियो । बल्खु क्षेत्रमा युवा संघको टोली पुगेपछि त्यहाँ झडप भएको थियो । दुई पक्षबीच त्यहाँ ढुंगामुढा भएको थियो ।
युवासंघ र दुर्गा प्रसाइँले एकैदिन माइतिघर क्षेत्रमा प्रदर्शन राखेपछि मुठभेठ हुने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन काठमाडौंले निषेधज्ञा लगाएको थियो । त्यसपछि युवासंले तीनकुने र दुर्गा प्रसाईँले बल्खुमा प्रर्दशन गरिरहेका छन् ।