काठमाडौं । काठमाडौंको बबरमहलमा यात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । ‘पेलिकन क्रसिङ’ नामक प्रविधिको आज बिहानबाट सञ्चालमा ल्याइएको हो ।
हाल काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा अटोमेटिक ट्राफिक लाइट जडान छन् । तर, बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा भने १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखिएको हो ।
यससँगै अब यात्रु आफैंले बटम थिचेर बत्ति बाल्न सकिने र रोड क्रस सकिने हानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले बताए । उनका अनुसार पैदलयात्रुले स्वीच थिचेको २ मिनेटमा ट्राफिक बत्तीमा रातो बल्छ र गाडी रोकिन्छन् अनि यात्रुले बाटो पार गर्ने सक्नेछन् ।
त्यसको केहीबेरमा हरियो बत्ती बलेपछि फेरि गाडी गुड्न थाल्छ । महानगरले काठमाडौंका विभिन्न ३६ विद्यालय अगाडि यो प्रविधिको ट्राफिक बत्ती जडान गर्ने तयारी गरेको छ ।