फाइनल खेल भूकम्पमा ज्यान गुमाउनेहरुलाई समर्पित छ : कप्तान रोहित पौडेल



काठमाडौँ । नेपाली राष्ट्रियका कप्तान रोहित पौडेलले ओमानविरुद्धको फाइनल खेल भूकम्पमा ज्यान गुमाउनेहरुप्रति समर्पित गर्ने र उनीहरुका लागि खेल्ने बताएका छन् ।

फाइनलमा टसका क्रममा कप्तान रोहित पौडेलले भूकम्पमा ठुलो क्षति भएको भन्दै आजको खेल उनीहरुको लागि खेल्ने बताएका हुन् ।


रोहितले आफुहरुले भूकम्प पिडितहरुकालागि सहयोग गर्ने बताउदै नेपाल क्रिकेट संघ (क्यान) ले आजको टिकट विक्रीबाट प्राप्त रकमको ५० प्रतिशत भूकम्प पिडितलाई दिने घोषणा गरेर राम्रो निर्णय गरको बताए । ओमानका कप्तान जीशान मक्सूदले पनि भूकम्पमा नेपालीहरुको ज्यान गएको प्रति आफुहरु दुखि रहेको बताएका छन् । 

आजको खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ ।