नेपाली कांग्रेसद्वारा भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ सहयोग



काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवम् राहतका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरु बालुवाटार पुगेर ५० लाखको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।