काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गर्ने शिक्षकलाई सजायका लागि विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।
रूपन्देहीको मुक्तिधाम आधारभूत विद्यालयका शिक्षक डिलमाया कुमारी कँडेलले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गरेको पाइएपछि मुद्दा दायर गरिएको हो ।
अख्तियार अनुसन्धान आयोगका अनुसार प्रा.वि. राहत शिक्षक कँडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गरेको पाइएको जनाइएको छ ।
कँडेलले मुक्तिधाम प्राथमिक विद्यालय, मिनमिनवा-९, विष्णुपुरा, रुपन्देहीमा प्रा.वि. राहत कोटको शिक्षक दरबन्दीमा नियुक्ति हुनका लागि माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट जारी भएको हाई स्कूल परीक्षा तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकको हैसियतमा लाभ लिइएको आरोप छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निज सीता कुमारी यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको छ ।