टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको पत्राचार



काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयपछि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेको छ। सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। टिकटकले सामाजिक सद‍्भाव बिथोल्नेगरी पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने गरी प्रचारप्रसार हुनथालेपछि बन्द गर्न निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। उनले आजदेखि नै टिकटक बन्द हुने बताएकी थिइन्।