चलचित्र सेन्सर बोर्डलाई बालेनको चार बुँदे सुझावः अवहेलनाको दृष्यमा रोक लगाउनु



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चार बुँदे सुझावसहित चलचित्र सेन्सर बोर्डलाई पत्र पठाएका छन् । केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्षलाई पठाइएको पत्रमा नेपालको मौलिकता, धर्म, संस्कृति, इतिहास, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउन सुझाव दिइएको छ ।

पत्रमा पञ्चशीलता सिद्धान्त, शान्ति प्रवर्द्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउन पनि आग्रह गरिएको छ । कुनै धर्म विशेषले अर्को धर्म विशेषलाई अवहेलना गरेको दृश्य तथा संवाद प्रसारणमा रोक लगाउन समेत आग्रह गरिएको छ ।