काठमाडौं । गोल्ड स्टार शूजले जाजरकोट र रुकुम पश्चिमका भूकम्पका पीडितलाई १० हजार थान जुत्ता चप्पल सहयोग गरेको छ । गोल्डस्टार शूजकि कार्यकारी निर्देशक विदुषी राणाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
गोल्डस्टार सुजले ३५ लाख रुपैयाँ बराबरको १० हजार थान जुत्ता चप्पल सहयोग गरेको हो । सन् १९९० मा स्थापित किरण शूज म्यानुफ्याक्चरर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज नेपालको सबैभन्दा ठूलो जुत्ता निर्माता कम्पनी हो ।