इजरायलले उत्तरी गाजा पट्टीको एक विद्यालयमा बम बारी गर्दा कम्तीमा एकसय प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।
जबालिया शरणार्थी शिविरमा रहेको अल–फाखौरा विद्यालयमा इजरायलले गरेको भीषण आक्रमणपछि कम्तीमा एकसय जनाको शव इन्डोनेसियाली अस्पतालमा सारिएको छ ।
स्रोतका अनुसार विद्यालयभित्रबाट शवहरु निरन्तर फेला परिरहेको र ठूलो सङ्ख्यामा घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने सम्भावना रहेको छ ।
यसैबीच प्रत्यक्षदर्शीका अनुसार उक्त विद्यालयमा सयौं विस्थापित हरू बसिरहेका र इजरायली सेनाको तीव्र हवाई आक्रमणमा परी उनीहरूको हताहत भएको हो ।