काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रमाथि प्रश्न उठाउन थालेको बताएका छन् ।
शनिबार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड उनले गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस भएको बताएका हुन् ।
उनले भने- ‘अहिले विभिन्न कोणबाट लामो संघर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धिहरुमाथि, गणतन्त्रमाथि, लोकतन्त्रमाथि एकथरी मान्छेले प्रश्न उठाउने दुस्साहस भइरहेको छ ।’
सो कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने घोषणा गर्दै नेपाल संवत नै राष्ट्रिय संवत भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको बताएका थिए ।