काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा एक सातापछि हुने चार देश सम्मिलित महिला टी-२० सिरिजको लागि १४ सदस्य टिमको घोषणा गरेको छ । नोभेम्बर १५ देखी १९ सम्म हङहङमा हुने यस सिरिजमा नेपालसहित युएई, हङकङ र मलेसिया खेल्दै छन् ।
क्यानले यसअघि बन्द प्रशिक्ष मा बोलाएका २२ खेलाडीबाट अन्तिम १४ जनाको टिम छानेको हो । नेपालका दुई खेलाडी रुविना क्षेत्री र सीता रानामगरले हङकङको घरेलु प्रतियोगिता वुमन्स अल स्टार्स टी-२० सिरिज पनि खेल्न यसअघि नै हङकङ गैसकेका छन् । दुई टोलीबीच हुने उक्त सिरिज नोभेम्बर १० देखी सुरु हुनेछ ।
सिरिजका लागि छानिएका नेपाली महिला क्रिकेट टिममा इन्दु बर्मालाई कप्तानी दिइएको छ । यसअघि नेपाली महिला क्रिकेट टिमको कप्तानमा लामो समयदेखि रुबिना क्षेत्री रहदै आएकी थिइन् । त्यस्तै बिन्दु रावललाई उपकप्तान बनाइएको छ ।
नेपाली महिला टिम: इन्दु बर्मा (कप्तान), विन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, संगिता राई, अश्मिना कर्माचार्य, पुजा महतो, काजोल श्रेष्ठ, कंचन श्रेष्ठ, सोमु बिष्ट, रोमा थापा, खुशी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन ।