अब अदालत मंसिर १ मा मात्र खुल्ने



काठमाडौं । सर्वोच्चसहितका अदालत अब मंसिर १ गते मात्र खुल्ने भएका छन् । सर्वोच्च अदालतले सूचना प्रकाशन गरी शुक्रबारको सुनुवाइपछि एकैपटक मंसिर १ गते मात्र अदालत खुल्ने जानकारी गराएको हो ।

दीपावली पर्वका लागि यही कात्तिक २६ देखि ३० गतेसम्म सर्वोच्च अदालत बन्द रहने सूचनामा भनिएको छ । सर्वोच्च अदालतले भाइटीकाको दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणका निवेदनमा सुनवाइ हुने भन्दै हरेक दिनका लागि न्यायाधीश तोकेको छ ।


सर्वोच्चले बन्दी प्रत्यक्षीकरणका निवेदनमा सुनवाइ गर्न आइतबार न्यायाधीश प्रकाशमानसिंह राउत, सोमबार सपनाप्रधान मल्ल, मंगलबार हरिप्रसाद फुयाल र बिहीबार हरिप्रसाद फुयाललाई तोकेको छ ।

मातहतका अदालतहरूले सर्वोच्चकै सूचनाको आधारमा आआफ्ना अदालतमा बिदा दिने र बन्दी प्रत्यक्षीकरणसहितका निवेदनमा सुनुवाइ गर्न न्यायाधीश तोक्ने गर्छन् ।