१० हजार भन्दा बढी टेन्ट लिएर सशस्त्र प्रहरी प्रभावित क्षेत्रमा



काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले जाजरकोट भूकम्पबाट पीडितहरूका लागि तीन कन्टेनर टेन्ट रुकुम पश्चिम पठाएको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आज बिहान तीन वटा कन्टेनरमा १० हजार ७ सय थान टेन्ट लिएर पश्चिम रुकुमको लागि गएको छ ।


काठमाडौँ उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणमा रहेको ७ सय थान र नं. २२ गुहेश्वरी गणमा भक्तपुरमा रहेको १० हजार थान टेन्ट लिएर तीन वटा कन्टेनर पठाइएको   जनाइएको ।

यसअघि भूकम्पपीडितहरूका लागि आवश्यक सामग्रीसहित दाङबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा कन्टेनर पठाइसकेको सशस्त्रले बताएको छ ।