सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति



सोलु । सोलुखुम्बुको एक आश्रममा आगलागी भएको छ । शनिबार साँझ भएको आगलागीमा आश्रमका विभिन्न सामानहरू जल्दा २५ लाखको क्षति भएको छ ।

सोलु दुधकुण्ड नगरपालिका–११, पत्तालेस्थित गौरीटाप मन्दिरको बाबाजी बस्नको लागि बनाएको आश्रम घरमा विद्युत् तार सर्ट भइ आगलागी भएको थियो ।


आगलागीबाट आश्रममा रहेको भाँडवर्तन, काठपात, लत्ताकपडा जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।