काठमाडौँ । सरकारले विक्रम संवत राखिने सरकारी कागजातमा नेपाल संवत पनि उल्लेख गर्ने निर्णय गरेको छ ।
आज (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवतसमेत राख्ने निर्णय गरेको हो ।
त्यस्तै, आजको बैठकले जाजरकोट भुकम्प प्रभावितका लागि १० अर्बको राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ । साथै सरकारले नेपालमा सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने लगायत निर्णय गरेको छ ।