सन्दीपविरुद्धको मुद्दामा बहस नोट पेश गर्न अदालतको आदेश



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट पेश गर्न अदालतले आदेश दिएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले मुद्दामाथि सुनुवाइ गर्दै बहस नोट पेश गर्ने आदेश दिएको हो ।

लामिछानेमाथि काठमाडौंको गौशालास्थित एक होटलमा नाबालिका बलात्कार गरेको आरोप छ। यसअघि अदालतले लामिछानेविरुद्धको मुद्दामा गौशाला–२६ को बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश दिएको थियो। लामिछानेको मुद्दामा पटक पटक पेसी तोकिँदै आएपनि फैसला नभई सर्दै आएको छ ।