संघीय संसदले ६ करोड खर्चेर एउटा कानुन बनायाे : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेले ६ महिनाको अवधिमा संघीय संसदले करिब ६ करोड रुपैयाँ खर्च गरेर एउटामात्रै कानुन बनाएको टिप्पणी गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले प्रभावकारी काम गर्न नसकिएको बताएका हुन् ।

सभापति लामिछानेले भने, ‘दोस्रो अधिवेशन प्रारम्भ भएयता ६ महिनामा संघीय संसदले बजेटसँग सम्बन्धितबाहेक मात्र एउटा कानुन बनायो । ६ महिना समय र करिब ६ करोड खर्चेर यो सदनले एउटा कानुन पास ग¥यो सभामुख महोदय । योभन्दा धेरै प्रभावकारी म टेलिभिजन सञ्चारकर्मी हुँदा हुने गर्दथें ।’


उनले नागरिकका समस्या सुल्झ्याउने काममा योभन्दा धेरै प्रभावकारी काम आफूले गरेको बताए । उनले भने, ‘नागरिकका समस्या सुल्झ्याउने काममा योभन्दा धेरै प्रभावकारी काम सञ्चारकर्मी हुँदा गरेको मलाई सम्झना आउँछ ।’