वेपत्ता भएका महोत्तरीका ५ किशोरी भेटिए



महोत्तरी । महोत्तरीबाट गत मंगलबारदेखि वेपत्ता भएका पाँच जना किशोरीहरु भेटिएका छन् । उनीहरु आज बिहान धनुषाको ढल्केबरमा भेटिएका हुन् ।

महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा गत मंगलबार एकैसाथ घरबाट हिडेका थिए । सोही दिनदेखी उनीहरु परिवारको सम्पर्कमा थिएनन् ।


उनीहरु सिमा पारी भारत जान लागेका बेला स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएको जनाइएको छ । अहिले उनीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको प्रहरीले जनाएको छ । ती किशोरीहरुलाई अभिभावक बोलाएर जिम्मा लगाइने प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए ।